बाँके –
समाजमा प्रचलित राजकुमारीको लोककथालाई आधार बनाएर निर्माण गरिएको नेपालकै पहिलो एनिमेटेड फिल्म हो। ६ वर्ष लगाएर रेनमेकर एनिमेसन एकेडेमीले फिल्म निर्माण गरेको निर्देशक तेजसराज जोशीले बताए। यो फिल्मलाई नेपाली सहित हिन्दी र अंग्रेजी भाषामा यसै वर्ष प्रदर्शन गरिने जोशीले बताए।
शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेको फिल्ममा सगिन महर्जन, अविनाश सिंह थारू र शिरभा मानन्धर ग्राफिक कलाकारका रूपमा छन्।
यसमा कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिति ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने लगायतले स्वराङ्कन गरेका छन्। तेजसराज जोशी र श्रुति श्रेष्ठले फिल्म निर्माण गरेका हुन्।
Shalina the warrior princess official teaser | Nepali teaser | Rainmaker Animation Academy – YouTube