बाँके –
नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौं २ गते हुन लागेको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आफ्ना उम्मेदवार घोषणा गरेको छ । नेपालगन्जमा बिहीबार कार्यक्रमको आयोजना गरेर साझा प्रजातान्त्रिक समूहले आफ्ना उम्मेदवार घोषणा गरेको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघको चुनावका लागि साझा प्रजातान्त्रिक समुहको तर्फबाट व्यवसायी ललितकुमार रौनियारलाई अध्यक्ष पदको उम्मेदवार घोषणा गरिएको छ । यस्तै संघको उपाध्यक्ष पदमा विश्णुप्रसाद श्रेष्ठ (वाणिज्य), मोहम्मद सफिक बेहना(उद्योग) र करिश्मा योगी(महिला) लाई अगाडि सारिएको छ ।
संघको महासचिवका लागि टंकप्रसाद शर्माको नाम घोषणा गरिएको छ । उनी नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष हुन् । साथै संघको उप–महासचिव पदका लागि टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीको उम्मेदवारी घोषणा गरियो छ ।
संघको सदस्यहरुमा व्यवसायी सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, युवराज ढकाल, प्रमोदकुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता, बलबहादुर बिष्टको उम्मेदवारी रहेको छ ।
एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषोतम अग्रवाललाई साझा प्रजातान्त्रिक समूहले मैदानमा उतारेको छ ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको अध्यक्षतामा आयोजित घोषणा सभमा पार्टीका नेताहरु, जनप्रतिनिधी, उद्योगी, व्यवसायीलगायतको उल्लेख्य मात्रामा सहभागिता रहेको थियोे ।