बाँके –
बाँकेको राप्ती सोनारी गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै सहकारी संस्थाको ऋणी सदस्यहरुलाई ऋण चुक्ता गर्न अनुरोध गरेको छ । राप्ती सोनारीका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले सूचना जारी गर्दै पालिकाको अनुरोधलाई बेवास्ता गरेमा पालिकाले प्रदान गर्ने सेवा सुविधाबाट वन्चित गरिने जनाएका हुन् ।
राप्ती सोनारीले जारी गरेको सूचनामा सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरुले ऋण तिर्न भाका नाघिकस्दा पनि ऋण नतिरेको र सो सम्बन्धमा पटक – पटक ताकेता गर्दा पनि सम्पर्कमा नआउने तथा केही सहकारी संस्थाहरुले बचतकर्ता सदस्यहरुको बचत फिर्ता नगरी कार्यालयसमेत बन्द गरी सम्पर्क बिहीन हुने गरेको भनने दुवै खाले गुनासो निरन्तर आई रहेको जनाएको छ ।
‘सहकारी प्रतिको विश्वास आर्जन गरी सहकारी सुशासन प्रवद्र्धनका लागि यी र यस्ता खालका अन्य प्रवृतिहरु अत्यन्तै घातक रहने हुँदा क्रण लिएका सदस्यहरुले सहकारी संस्थाहरुमा सम्पर्क गरी समयमा नै ऋणको साँवा ब्याज भुक्तानी गरिदिनुहुन र संस्था बन्द गरी सम्पर्क बिहीन रहेका सहरकारीले व्यवस्था मिलाउन हुनु अनुरोध छ,’ राप्ती सोनारीले जारी गरेको सूचनामा उल्लखे गरिएको छ ।