बाँके –
आगामी भदौं २ गते शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । नयाँ नेतृत्वमा आउन उम्मेदवारको दौडधुप चलिररहेको छ । उम्मेदवारहरु व्यावसायीलाई भेटेर भोट माग्नमा व्यस्त छन् ।
आफ्नो हक हितको पक्षमा काम गर्ने असल नेतृत्व चयन गर्न मतदाताहरु आतुर छन् । व्यावसायका क्षेत्रमा देखिएको बेतिथिलाई हटाउने उद्देश्यले साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहबाट ललित कुमार रौनियारले नेतृत्व गरिरहेका छन् । त्यही समूहबाट सदस्य पदमा उम्मेदवारी दिएका छन् विवेक कुमार श्रेष्ठले । उनी अटोमोबाइलका क्षेत्रका सफल व्यावसायी हुन् । श्रेष्ठ विगत १६ वर्षदेखि अटोमोबाइल व्यावसायमा सक्रिय छन् ।
उनले वेष्टर्न अटो सेन्टरमार्फत अटो मोबाइल व्यावसाय संचालन गरिरहेका छन् भने, उनी निसान तथा फोर्डको गाडीको बाँके–बर्दियाको लागि आधिकारिक बिक्रेतासंगै चीन र भारतीय इभी इलेक्टिकल स्कुटरको बाँके–बर्दियाको लागि आधिकारिक बिक्रेता हुन् । श्रेष्ठ भन्छन्, ‘योपटक मलगायत मेरो टिमलाई विजयी गराएर व्यापारीको हकहितको लागि काम गर्ने अवसर दिनुहोस् । विगतमा व्यावसायीक क्षेत्रमा कामभन्दा धेरै राजनीति हुने गरेको छ । अबको नेतृत्वले त्यो प्रवृति त्याग्नु पर्छ ।’
व्यावसायमा सफल हुँदै गएका विवेक पश्चिम नेपालको अटोमोबाइल क्षेत्रमा अनुभवी मानिन्छन् । उनले भर्खरैमात्रै निसान गाडीको नेपालकै वेष्ट थ्री एस सेल्स, सर्भिस, स्पेयर्सतर्फ उत्कृष्ट लिडरतर्फको अवार्ड प्राप्त गरेका छन् । व्यावसायीसंगै विवेक सामाजिक कार्य र सामाजिक क्षेत्रमा पनि सक्रिय भएर छन् ।
उनी सामूदायिक प्रहरी सेवा सेवा केन्द्र बाँके सचिव, लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक–३२५ एन एक्जिकेटिभ चिभ र नेपाल क्षयरोग निवारण संघ बाँकेको आजिवन सदस्य विभिन्न संघ संस्थामा आबद्ध छन् ।
जहाँबाट उनले समाजमा सकारात्मक परिवर्तनका लागि काम गरिरहेका छन् । अब उनी व्यवसायका क्षेत्रमा थुप्रै परिवर्तनका लागि चुनावी मैदानमा होमिएका छन् । श्रेष्ठ भन्छन, ‘व्यापार व्यावसायका क्षेत्रमा देखिएका विकृति हटाउने प्रयास गर्छु । व्यावसायका थुप्रै समस्या र पीडाहरु छन् । त्यसलाई कम गर्न हाम्रो टिमले काम गर्नेछ ।’