बाँके –
नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनको मतगणना भोली बिहानदेखि शुरु हुने भएको छ । निर्वाचन कमिटीका अनुसार बिहान ८ बजेदेखि मतगणना शुरु गरिने छ ।
शनिबार सम्पन्न उद्योग बाणिज्य संघको निर्वाचनमा ८३ प्रतिशत मत खसेको छ। निर्वाचन समितिका अनुसार ४९३१ मतदाता मध्ये ४१३२ जनाले मतदान गरेका छन् । विहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो ।
व्यवसायीहरु दुई प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । साझा प्रजातान्त्रिक र समावेशी प्यानल प्रतिष्पर्धामा छन् ।
साझा प्रजातान्त्रिक समूहबाट अध्यक्षमा ललितकुमार रौनियार नेतृत्वको प्यानल र समावेशी समूहबाट टंकबहादुर धामी नेतृत्वको प्यानल प्रतिष्पर्धामा छन् ।