बाँके –
नेपाली कांग्रेसका सबै विभागले भदौ १५ गतेसम्म पूर्णता नपाउने भएको छ । यहि साउन १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले १५ भदौभित्र विभागहरुलाई पूर्णता दिने निर्णय बमोजिम काम भई रहेको हो ।
विधान अनुसार कांग्रेसका ४८ विभाग छन् । केन्द्रीय समितिले विभाग बढाउने निर्णयसमेत गरेको छ । विभागको संख्या थपेर ७० आसपास पुग्ने नेताहरुले दाबी गर्दैै आएका छन् । विभागका लागि तयारी भइरहे अन्तिम रुप पाउन नसकेको बताइएको छ ।
शीर्ष तहका एक नेताका अनुसार केही विभागको संयोजक १५ भदौ भित्र तोकिने छ । उक्त विभागको प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन् । उक्त विभागमा ४२ सदस्य थपिएका छन् ।
विधान अनुसार प्रमुख सहित प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य हुने व्यवस्था छ । महाधिवेशन सकिएको ६ महिनाभित्र गठन हुनुपर्ने विभाग हालसम्म गठन हुन सकेको छैन ।
१० साउनमा सकिएको केन्द्रीय समितिको बैठकले १५ भदौ गठन र पूर्णता दिइसक्ने निर्णय गरेको थियो । साथै, बैठकले प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गत कार्यक्रमहरु बनाई कार्यतालिका सहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने निर्णय गरिएको थियो ।
विभाग गठनको अधिकार विधानले पार्टी सभापतिलाई दिएको छ ।