बाँके –
अभिनेता मुकुन भुषालको दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । जनै पूर्णिमा, रक्षा बन्धन र गाईजात्राको अवसर पारेर कृषा चौलागाईं निर्देशित फिल्म ’ऐंचो पैंचो’ र सविन अधिकारी निर्देशित फिल्म ’गणपति’ प्रदर्शनमा आएका हुन् ।
फिल्म ’गणपति’ मा मुकुनसँगै मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, सुशील पोखरेल, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ ।
एबिगम्यान फिल्म्स ब्यानरको फिल्ममा लक्ष्मण थापाको लगानी छ। हरि घले लामाले छायांकन गरेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।
फिल्म ’ऐंचो पैंचो’ मा मुकुनसँगै स्वस्तिमा खड्का, वर्षा राउत, कोसिस क्षेत्री, सुशील सिटौला, राजाराम पौडेल, बुद्धि तामाङ, रमेश बुढाथोकी, सरिता गिरी, रविन्द्र झालगायत कलाकारको अभिनय छ।
पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई विपिन मल्ल र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।
कृषाको यो डेब्यू निर्देशित फिल्म हो। उनले यसअघि ’इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु र पलाँस’ जस्ता फिल्म निर्माण गरेकी थिइन् ।