बाँके –
बांकेको नेपालगंजस्थित सेतुबक चोक नजिक रहेको दिया मेकअप स्टूडियोले नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा नारीहरूको लागि ‘तीज अफर’ सार्वजनिक गरेको छ । उक्त अफर भदौ २३ गतेदेखि असोज मासन्तसम्म रहने दिया मेकअप स्टूडियोकी प्रबन्ध निर्देशक दिया क्षेत्रीले जानकारी दिइन् ।
विशेषगरी महिला ग्राहकहरूको लागि लक्षितगरी अफरमा फेशियल, स्ट्रेट, नेल्समा र मेकअप अफरमा १० प्रतिशत र हेयर कलरमा ५ प्रतिशत छुट दिने संचालिका क्षेत्रीले बताइन् ।
उक्त स्टूडियोमा महीलाहरूको सिप अभिवृद्धिको लागि टेवा पुगने अभिप्रायले मेकअपसम्बन्धी ब्यूटीसियन कोर्स तथा नेल क्लासको तालिम दिइँदै आएको संचालिका क्षेत्रीले जानकारी गराइन ।