तर हाल अस्पतालमा १ सय १५ जना कर्मचारी छन् । जसमा पनि स्थायी दरबन्दी भने हालसम्म शून्य रहेको मल्लले बताए ।
विक्रम बुढाक्षेत्री – बाँके
पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई समेटेको बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सेवा सुविधा थप भएसँगै बिरामीको चाप बढेको छ । अस्पतालका अध्यक्ष टेकन्द्र मल्लका अनुसार अस्पतालले क्यान्सरसम्बन्धी सेवा सुविधा थपेसँगै बाहिरी जिल्लाबाट आउने बिरामीको संख्ये बढेको हो ।
सुशील कोइरालामा आर्थिक वर्ष २०७८÷७९ जनरलसहित सम्पूर्ण औषधि उपचार गर्ने बिरामीको संख्या २५ हजार १ सय ८१ रहेको थियो । तर आर्र्थिक वर्ष २०७९÷८० मा यो संख्या ह्वात्तै बढेर क्यान्सरका मात्र २९ हजार २ सय ५५ बिरामीले सुशील कोइरालाबाट सेवा लिएका छन् ।
‘हामीसँग विगतमा धेरै कुराहरुको अभाव थियो । अर्को कुरा भनेको विगतका वर्षमा यस अस्पताललाई जनरल ओपिडि सरह मानिसहरुले तुलना गर्न लागि सकेका थिए । तर त्यो मानसिकता यो १ वर्षमा हामीले फेर्न सकेका छौं । त्यसैले गत वर्ष क्यान्सरका बिरामीको संख्या बढेको हो,’ अध्यक्ष मल्लले भने ।
सुशील कोइरालाको १ वर्षको वार्षिक प्रगति विवरण हेर्ने हो भने पनि अघिल्ला वर्षभन्दा धेरै कामहरु भएको देखिन्छ । गत वर्षबाट सुशील कोइरालामा नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य बीमाबाट प्राप्त हुने सुविधा सकिएका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई अस्पतालबाट प्रदान हुने सेवा शुल्कको ५० प्रतिशत अस्पताल विकास समितिले ब्यहोर्नेगरी छुटको सुरुवात भएको छ ।
यसका अलवा सुशील कोइरालाले गत वर्षदेखि पश्चिम नेपालकै पहिलो पोजेटिभ प्रेसर आईसीयू सेवा सुरु गरेको छ भने भारतीय राजदुतावासमार्फत् हस्तान्तरण भएका ‘क’वर्गको एम्बुलेन्स र कर्मचारीका लागि बस संचालन आइसकेको छ । उक्त बसले नेपालगन्जदेखि अस्पतालसम्म कर्मचारी ल्याउने लैजाने गर्ने गरेको अध्यक्ष मल्लले बताए ।
यसैगरी सुशील कोइरालाले रगतको अभाव हुन नदिन यस वर्षदेखि रक्त संचार स्थापना, रक्त क्यान्सरको बिरामीका लागि छुट्टै वाड संचालन, २४ घण्टा ल्याब र एक्सरे सेवा सुरु, फोक्सो, कलेजो, मृगौला, ब्लड क्यान्सरलगायतका क्यान्सरका औषधिकरु निःशुल्क उपलब्ध गराउँदै आएको, अस्पतालमा हाइमास्ट लाइट जडान, अनलाइनबाटै भर्ना हुने र रिपोर्टहरु उपलब्ध गराउने सेवा सुरु, गरिब, असहाय, तथा विपन्न बिरामीहरुका लागि निःशूल्क उपचार एवम् १० प्रतिशत बेड छुट्याएको मल्लले बताए ।
सुशील कोइराला अस्पतालले आफ्नो पुँजीगत बजेट र चालू खर्च पनि बढाउन सफल भएको मल्लले बताउँछन् । उनले भने, ‘हामीसँग नेपाल सरकारबाट अघिल्ला वर्षहरुमा प्रापत हुँदै आइरहेको बजेट पुँजीगत ४ करोड र चालू खर्चतर्फ ४ करोड थियो । यस आर्थिक वर्षमा यो रकम वृद्धि भएर १५ करोड पुँजीगततर्फ पुगेको छ भने चालू खर्चतर्फ १० करोड गरी २५ करोड बजेट विनियोजन भएको छ ।’
यसका अलवा सुशील कोइरालाले सुरु गरेको महात्वपूर्ण काम भनेको नेपालका विभिन्न जिल्लाहरुमा ‘क्यान्सर स्क्रेन्रिङ प्रोग्राम’ पनि हो भने अस्पताल विकास समितिले जनगुनासालाई आधार बनाउँदै कर्मचारीलाई क्यान्सर रोगको ओपीडी बिहान १० बजेदेखि ४ बजेसम्म संचालन गर्न कडाई गरिरहेको छ ।
कर्मचारी आपूर्तिमा अस्पतालको जोड
सुशील कोइरालामा दिनादु दिन बिरामीको संख्या बढ्दै जाँदा कर्मचारीको अभाव भने अस्पतालले झेलिरसहेको छ । करिब ४ सय ९ जना कर्मचारी हालको अवस्थामा अस्पताललाई आवश्यक परेको मल्लको भनाइ छ । तर हाल अस्पतालमा १ सय १५ जना कर्मचारी छन् । जसमा पनि स्थायी दरबन्दी भने हालसम्म शून्य रहेको मल्लले बताए ।
अस्पतालले कर्मचारीको परिपूर्र्तिका लागि ओ एण्ड एम सर्भे रिर्पोट पनि तयार गरिसकेको छ भने उक्त रिर्पोटको प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरिसकिएको मल्लले जनाकारी दिए ।
यसका अलवा सुशील कोइरालामा अझै सेवा सुविधा थप गर्ने प्रक्रियामा व्यवस्थापन टोली अघि बढिरहेको मल्ले सुनाए । उनी भन्छन्, ‘हामीले अझै यहाँ धेरै कामहरु गर्न बाँकी छ । जस्तो क्यान्सरका बिरामीलाई सहुलियत दरमा खाना खुवाउने कार्यका लागि हामीले पहल गरिरहेका छौं । लामो समयपछि भन्सारमा अड्केको लिनाएक मेसिन अस्पतालमा ल्याएर जडान भइरहेको छ । अस्पतालका लागि छुट्टै विद्यत् लाइनको व्यवस्थाका लागि पहलहरु भइरहेको छ ।’
साथै हाल सुशील कोइरालामा निर्माणाधीन प्रशामक सेवा भवनको काम अन्तिम चरणमा पुगेको, नेपालगन्ज र कोहलपुरबाट अस्पतालको गेटसम्म सार्र्वजनिक यातायातको व्यवस्थाका लागि पहत, ल्याब, तथा फार्मेसी भवन र दुईवटा इलेक्ट्रिकल सटल बसको व्यवस्था र अक्सिजन कन्टेनरको पहल जस्ता कामहरु पनि भइरहेको मल्लले जानकारी दिए ।