बाँके –
बाँकेको खजुरामा आयोजित स्त्री रोग सम्बन्धी निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ९१ जनाले सेवा लिएका छन् । खजुरा एक नम्बरमा आदर्श युवा सञ्जालले आयोजना गरेको शिविरमा भेरी अस्पताल नेपालगन्जका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदिले विशेषज्ञ सेवा प्रदान गरेका थिए ।
शिविरमा अधिकांश महिलाहरुको स्वास्थ्य अवस्था हेर्दा नियमित औधषि सेवन गर्नु पर्ने र ल्याव परीक्षण गर्नु पर्ने अवस्था देखिएको डा. सुवेदिले जानकारी दिए ।
शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले आदर्श युवा संजालले समाजमा आवश्यक पर्ने अत्यावश्यक सेवाका कार्यमा लागेको भन्दै धन्यबाद ज्ञापन गरे ।
शिविर संचालनमा पालिकाले सहकार्य गर्दै संजालको कार्यलाई सहयोग गरेको छ । संजालका अध्यक्ष कल्पना तामांगले समाजमा रहेका समस्यालाई उजागार गर्दै आइपरेका कुराहरुलाई समाधान गर्दै सेवामूलक कार्यमा सहकार्य गर्दै आएको उल्लेख गरिन् ।
![](https://bhugolkhabar.com/wp-content/uploads/2023/09/380289485_709965930945979_7009829018039098858_n-1024x768.jpg)