बाँके –
नेपाली कांग्रेस बाँके शाखाले नेपाल प्रेस युनियन र मुस्लिम संघका जिल्ला, प्रदेश र केन्द्रमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी र कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले उनीहरुलाई खादा ओडाएर सम्मान गरेका हुन् ।
कांग्रेस शाखाले पार्टीको शुभेच्छुक संस्था युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, सदस्यद्धय कमला हमाल र शोभा केसी, लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी र सदस्य गौरव गिरी तथा जिल्ला अध्यक्ष प्रियास्मृति ढकालसहित कार्यसमिति पदाधिकारीलाई सम्मान गरेको हो । युनियनको २०७९ साउन ६ गते सम्पन्न महाधिवेशनबाट बाँके जिल्लाको प्रतिनिधित्व गर्दै उनीहरु निर्वाचित भएका थिए ।
यस्तै युनियनको २०७९ माघ पहिलो साता सम्पन्न प्रथम अधिवेशनमा उपाध्यक्ष केसीसहित तीन जना बाँकेबाट चयन भएका थिए ।
वरिष्ठ उपाध्यक्ष केसी, केन्द्रीय सदस्यद्धय कमला र शोभा तथा प्रदेश उपाध्यक्ष जयसिंह कार्यक्रममा उपस्थित थिएनन् । तरपनि उनीहरुको नाम उच्चारण गरिएको थियो ।
यसैगरी गत साउन २७ गते सम्पन्न युनियन बाँकेको जिल्ला अधिवेशनबाट ढकालको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको थियो ।
साथै मस्लिम संघका नवनिर्वाचित केन्द्रीय सदस्यहरु मेराज हल्वाई, मेराज अहमद खाँ र जी नुरैन मुल्तमिस (साहिल) लाई बधाई ज्ञापन गरिएको हो । संघको हालै सम्पन्न केन्द्रीय महाधिवेशनबाट बाँकेका तीनै जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
![](https://bhugolkhabar.com/wp-content/uploads/2023/10/384491137_1569133097225684_1875551415675731783_n-1024x771.jpg)