दाङ –
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले फोहोरमैलालाई स्रोतको रुपमा उपयोग गर्नु पर्ने बताएका छन् । उनले त्यसको पुनः प्रयोग र प्रशोधनबाट आयआर्जन गर्न सक्नु पर्न बताए । यस्ले आर्थिक विकास र समृद्धि आउनेमा उनले जोड दिए ।
संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको आयोजनामा लुम्बिनीमा भयको फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्याँैदा उपर प्रदेशस्तरीय परामर्श कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले भने, ‘फोहोरमैलाबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावलाई न्यूनीकरण र फोहोरमैलाको प्रभावकारी व्यवस्थापन गर्न प्रदेश सरकारले योजना बनाएर काम गर्नेछ । त्यो अभियानमा सरकार लग्छ ।’
उनले कानुनको मस्यौदा तयार गर्दा स्थानीय सरकार, प्रदेश सरकार र स्थानीयसँग छलफल गरेर ल्याउनुपर्ने बताए । ‘अहिले आएको मस्यौदा केन्द्र सरकारले हामीलाई सुनाउँछ, तर छलफलमा उठेका सुझावहरुलाई समावेश गरिँदैन,’ उनले भने । मुख्यमन्त्री चौधरीले छलफलमा उठेका सुझावहरुलाई समावेश गरेर केन्द्र सरकारले कानुन बनाउने कुरामा आशा व्यक्त गरे ।
अहिले फोहोरमैला जथाभावि फाल्ने चलन भएको औल्याउँदै मुख्यमन्त्री चौधरीले अव सबैले फोहोरमैला व्यवस्थापनको लागि तोकिएको ठाउँमा फाल्नु पर्ने बताए । त्यसरी राखिएको फोहोरमैलालाई केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले व्यवस्थापनमा काम गर्नु पर्ने उनको भनाइ छ । मुख्यमन्त्री चौधरीले फोहोरमैला व्यवस्थापनको लागि कानुनीरुपमै समाधान खोज्नु पर्ने बताए ।