एजेन्सी –
गाजामा अक्टोबर ७ देखि मृत्यु हुनेको संख्या ५ हजार ८७ पुगेको छ । जसमा २ हजार ५५ बालबालिका, १ हजार १ सय १९ महिला र २ सय १७ वृद्ध रहेका छन् ।
प्यालेस्टिनी अधिकारीहरूले १५ हजारभन्दा बढी घाइते भएको बताएका छन् ।
इजरायलले हिजो दिनरात आफ्नो मिसाइल आक्रमण र बमबारी जारी राख्यो। धेरै तस्बिरहरूमा भवनहरूको भग्नावशेष र घाइतेहरु अस्पतालबाहिर सडकमै लडिरहेको देखिएका छन् ।
सोमबार बिहान इजरायली सेनाले पछिल्लो २४ घण्टामा ३२० लक्ष्यमा आक्रमण गरेको बताएको थियो । इजरायली सेनाका अनुसार यी आधारहरू मध्ये एउटामा सुरुङ पनि थियो, जसमा हमास लडाकुहरू बसिरहेका थिए।