बाँके –
नेपाल तरुण दलको ७१ औँ स्थापना दिवसका अवसरमा तुलसीपुरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल तरुण दल तुलसीपुर नगर समितिले स्थापना दिवसका अवसरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि राप्ती प्रदेशीक अस्पताल तुलसीपुरका ७० जना बढी बिरामीहरुलाई फलफूल बितरण गरेको हो ।
नेपाल तरुण दल तुलसीपुर नगर समितिका अध्यक्ष कमल घर्तीको अध्यक्षता तथा दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको प्रमुख आतिथ्यता एवं क्षेत्र नम्वर ३ (क) का सभापती देबेन्द्र रिजालको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।
उक्त कार्यक्रमा बोल्दै प्रमुख आतिथि खड्काले तरुण दल नेपाली कांग्रेसको प्रमुख भातृ सगंठन भएको हुदाँ सबै कांग्रेसका कार्यकर्ताहरु एक भएर अगाडी बढ्न आग्रह गरे ।
कार्यक्रममा महाधिवेशन प्रनितिधिहरु देबा डाँगी,धनश्याम ढकाल, नेपाल तरुण दलका केन्द्रीय सदस्य अनिल न्यौपाने, नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का सचिव शोभाकर सापकोटा, नेपाली कांग्रेस तुलसीपुर नगर सभापती सुरेश हमाल लगाएतको सहभागिता रहेको थियो ।
यसैबीच सुरेन्द्र सिंङ राठोर नेतृत्वको तरुणदल तुलसीपुर समितिले भने शुक्रबार बेलुका तुलसीपुरको विपी चोकमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।