बाँके –
आजदेखि काठमाडौंमा सुरु भएको आइसिसी टी-२० विश्वकप क्रिकेट २०२४ एसिया छनोट खेलको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको सिंगापुरले दिएको १४६ रनको लक्ष्यलाई नेपालले २ टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनायो ।
सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाए ।
त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाए । त्यस्तै मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे ।
नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई–दुई विकेट लिए ।
जवाफमा नेपालले १६.३ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४८ बलमा ७४ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले २४ बला ३५ तथा आसिफ शेखले २६ बलमा २७ रन बनाए । कुशल मल्लले १ बलमा छक्का प्रहार गरे ।