बाँके –
नेपालको अग्लो चक्रशिला (शालिग्राम) चितवनको माडीमा स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ ।
बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला कुश्मा नगरपालिका–१ सहश्रधारास्थित कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठानले जनाएको छ । उक्त शिला मङ्सिर ७ गते हरिबोधनी एकादशी पर्वका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा अनावरण गरिएको थियो । पर्वतबाट रथयात्रामार्फत चक्रशिला माडी ल्याइएको बताए ।
चक्रतीर्थ धामका रूपमा विकास गर्न लागिएको उक्त स्थानमा अन्य संरचना पनि निर्माण हुने जनाइएको छ। हाल चक्रशिला स्थापनापछि हेर्न आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको छ ।