बाँके –
बाँकेको खजुरा गाउँपालिकामा रहेको जनता दुग्ध उत्पादक सहकारी सस्थाको अध्यक्षमा भिम बहादुर बरुवाल निर्वाचित भएका छन् । संस्थाको २९ औं चुनावी साधारण सभाबाट उनी निर्वाचित भएका हुन् ।
भिमबहादुरले १ सय १५ मत पाउँदा उनका प्रतिप्रर्धी डिल्लीप्रसाद सापकोटाले ५३ मत मात्रै भएका छन् । भिमबहादुर यसअघि तीनपटक उक्त संस्थाको अध्यक्ष भई सकेका छन् ।
यस्तै उपाध्यक्ष पदमा हरीप्रसाद उपाध्यय निर्वाचित भएका छन् । उनले १ सय १० मत पाउँदा उनका प्रतिपर्धी पार्वती कंडेलले ५७ मतमात्र प्राप्त गरेको छन् ।
मतदानमा कूल १ सय ९३ मत खसेको थियो । जसमा २० मत बदर र १ सय ७३ मत सदर भएको निर्वाचन अधिकृतले जनाएका छन् ।
बाँकी पदाधिकारीहरु भने यसअघि नै निर्विरोध निर्वाचित भई सकेका थिए । निर्विरोध हुने सदस्यमा गितादेवी उपाध्याय, पार्वती शर्मा, दण्डपाणी पौडेल, पुर्णिमा रावत र जानुका ढकाल रहेका छन् ।
त्यस्तै, लेखा संयोजकमा रामप्रसाद सापकोटा निर्विरोध निर्वाचित भए । लेखा सदस्यहरुमा दुर्गा देवी शर्मा र राम प्रसाद शर्मा (आचार्य) निर्विरोध चयन भए ।
जिल्ला प्रतिनिधिका रुपमा टेक नारायण सापकोटा निर्विरोध भए ।